कर्मचारी उत्प्रेरणा तथा नेतृत्व विकास तालिम

Apr

कर्मचारी उत्प्रेरणा तथा नेतृत्व विकास तालिम

यस वित्तीय संस्थाले फिल्डमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको लागि  मिति २०८० चैत्र १० र ११ गते कर्मचारी उत्प्रेरणा तथा नेतृत्व विकास तालिम सफलतापुर्वक संचालन गरेको छ। तालिमको प्रशिक्षण वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री जीवन खनालले गर्नुभएको थियो । संस्थाका अध्यक्ष र कर्मचारी सहित २४ जना सहभागी रहेको उक्त तालिम कार्यक्रममा विभागिय प्रमुखहरुले सहजिकरणमा सहयोग पुर्याउनु भएको थियो। धुलिखेलमा संचालन गरिएको तालिममा कर्मचारीहरुले सक्रियताका साथ सहभागीता जनाएको तथा फागुपुर्णिमाको अवसरमा एक आपसमा सदभावका साथ रंग लगाई उत्साहका साथ होली पर्व मनाएका छन । लघुवित्तमा हाल उत्पन्न चुनौतीसँग जुध्न र संस्थाको विकासको लागि कर्मचारीहरुलाई सशक्तिकरण गर्ने उद्देश्य सहित आयोजित उक्त तालिम लघुवित्तको वर्तमान अवस्था र चुनौतीको सामना, कर्जा व्यवस्थापन, असल ग्राहक सम्बन्ध, कर्मचारी उत्प्रेरणा, नेतृत्व विकास र बैंकिङ्ग कसुर र परिणाम लगायत विषयमा केन्द्रीत थियो । साथै, सक्रियतापुर्वक सहभागिताका लागि कर्मचारीहरु सवैलाई धेरै धेरै धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *