नेपाल सेवा लघुवित्त वित्तीय संस्था लि. मेलम्ची १३, सिन्धुपाल्चोक तथा विन लघुवित्त वित्तीय
संस्था लि. धादिङ गल्छी को एक कार्यक्रम बिच एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि
अन्तिम सम्झौता कार्यक्रम सम्पन्न भएको छ।
संस्थाका संचालक समितिका अध्यक्षद्धय श्री मदन गोपाल श्रेष्ठ तथा रेणु स्थापित द्वारा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । दुबै संस्थाका मर्जर समितिबाट संचालक समितिमा सिफारिश भएबमोजिम सो सम्झौता सम्पन्न भएको थियो । उक्त कार्यक्रममा मर्जर समितिका सदस्यहरु श्री कुमार राज जोशी, एन्जिला न्यौपाने, रेनु बज्राचार्य, नन्दिका प्रधान, विन लघुवित्त वित्तीय संस्था लि. का संचालक श्री रमा मास्के साथमा नेपाल सेवा तथा विन लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी
अधिकृत श्री बसन्त बहादुर शाक्य र श्री अमृत बिष्ट को उपस्थिति रहेको थियो