शिक्षा नै उज्यालो भविष्यको आधार
विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडबाट सञ्चालित कुल २१ वटा शाखा कार्यालयहरू मध्ये मेलम्ची, ग्याल्थुम, रसुवा, स्याफ्रुबेसी, महादेवबेशी, ललितपुर, रातमाटे, काठमाडौँ, मंगलटार, भोटेचौर, भैंसेपाटी, ढिकुरे, तीनपिप्ले र गल्छी गरी १४ वटा शाखा कार्यालयहरूले संस्थाको ग्राहक संरक्षण कोष कार्यविधि अन्तर्गत ग्राहक सदस्यका छोरा–छोरीहरूलाई शिक्षा प्रोत्साहन खर्च प्रदान गर्ने कार्यक्रम अन्तर्गत २०८१ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मानपूर्वक शिक्षा प्रोत्साहन तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा अध्ययनप्रतिको रुचि, लगनशीलता र आत्मविश्वास अभिवृद्धि गर्नुका साथै
अभिभावकहरूलाई पनि आफ्ना सन्तानहरूको शिक्षामा थप प्रेरित र उत्साहित बनाउनु रहेको थियो।
स्थानिय प्रतिनिधि, शाखा प्रमुखहरू, कर्मचारी, विद्यार्थी भाई–बहिनी तथा सदस्यहरूको उत्साहजनक सहभागिता ले
कार्यक्रमलाई झन् अर्थपूर्ण र ऊर्जावान् बनाएको थियो।
शिक्षा नै समृद्धि र परिवर्तनको बाटो —
यही विश्वासका साथ
विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड
समाज, शिक्षा र उज्यालो भविष्यतर्फ निरन्तर अघि बढ्दैछ।
#शिक्षाप्रोत्साहनकार्यक्रम #उज्यालोभविष्य #SEE2081 #विननेपाललघुवित्त #गर्वकोक्षण #शिक्षामानिवेश #EducationForAll